विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकले दुईवटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ।आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुईवटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो।बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो। कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताए।उनले राजनीति सङ्घीयता र वित्