साउन १५, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार क्रम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १११ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आवमा रू. ५ करोड १३ लाख २८ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू.१० करोड ८३ लाख ६१ हजार नाफा गरेको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । चुक्तापूँजी रू.२८ करोड ५६ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १७ करोड ५४ लाख ४५ हजार सञ्चित गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा १ दशमलव ९२ प्रतिशत रहेकोमा गत आवमा बढेर २ दशमलव ८३ प्रतिशत पुगेको हो ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९४(वार्षिक),मूल्य आम्दानी अनुपात ४३ दशमलव ४२,तरलता अनुपात ६ दशमलव ०१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ४३ रहेको छ ।
हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै ग्राहक सदस्यहरुको हित हुने गरी पाकेको कुल ब्याज रकममा १० प्रतिशत छूट सहुलियत दिएपछि कर्जा तथा ब्याज असुली प्रक्रियामा केही सकारात्मक सुधार आएको पनि कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।