चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।हालै पेलोसीले ताइवानको भ्रमण गरेकी छिन् जसका कारण चीन आक्रोशित छ र ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको ’ र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बता