दक्षिण छिमेकी मुलुक भारतसँग सन् १८१६ को सुगौली सन्धिदेखि र उत्तरी छिमेकी चीनसँग पनि पटकपटक सीमाको विषयमा विवाद भइरहन्छ । तर नेपालले हालसम्म सीमा सुरक्षा गर्न एउटै छुट्टै र व्यवस्थित कुनै कानुन नै बनाएको छैन । सीमा सुरक्षामा मात्र केन्द्रित छुट्टै कानुन नहुँदा सरकारी निकायहरूबीच सीमासम्बन्धी काममै अन्योल हुने गरेको छ ।