काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पन...