अमेरिकामा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु

अमेरिकामा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । अमेरिकामा बयस्कलाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको झण्डै १८ महिनापछि ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई भ्याक्सिन दिन सुरु गरिएको हो । यो उमेर समुहका बालबालिकाहरुलाई भ्याक्सिनका दुईदेखि तीन डोज दिइने भएको छ । फाइजर भ्याक्सिन ६ महिनादेखि ४ बर्षसम्मका बालबालिकाहरुलाई ३ डोज […]

सम्बन्धित सामग्री

१५ वर्षका बालबालिकालाई पनि दादुराको खोप किन ?

१३ फागुन, काठमाडौं । सरकारले देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा बालबालिकाले नियमित खोप लगाउन नपाउँदा केही जिल्लामा दादुरा फैलिएको थियो । सरकारले दादुरा धेरै फैलिएको काठमाडौं उपत्यकाका ३ र तराई मधेशका २१ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन अभियान सञ्चालन गर्दैछ । बाँकी जिल्लामा भने […]

नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै

नेपालगञ्ज – नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै छ। १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई खोज्न सुरु गरिएको हो। वैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र […]

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

२५ चैत, काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, […]

७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई २४ दिनभित्र खोप लगाउने सरकारको अभियान १५ महिनादेखि १५ वर्ष उमेरका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ (टिसिभी) लगाउन सुरु गरिएको छ । टाइफाइडविरुद्धको खोप सुरु...

कोभिड खोपः कुन देशका बालबालिकालाई कस्तो खोप ?

एजेन्सी- १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान शुरू गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ । प्रमुख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा नयाँ फड्को मारेको […]

एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन भ्याक्सिन स्वीकृत

एजेन्सी। बेलायत सरकारले एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिनलाई स्वीकृति दिएको छ। यो भ्याक्सिनले बेलायतको भ्याक्सिनेसन कार्यक्रमलाई बल मिल्ने स्वास्थ्यमन्त्री म्याट ह्यांककले बताए। अब बेलायतसँग चारथरीका भ्याक्सिन छन्। आगामी महिनादेखि सिंगल डोजको जोनसन एन्ड जोनसन लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ। बेलायतले यो भ्याक्सिनको दुई करोड डोज अर्डर गरेको छ।

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु

नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।