नेपालीको महान् पर्व दशैंको समयमा हुम्लाको जिल्ला सदरमुकाम सिमकोट अँध्यारो बनेको छ ।
झण्डै १ महिनादेखि अवरुद्ध बनेको विद्युत् सेवा समयमै मर्मत हुन सकेको छैन । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् विस्तार गरेको हेल्दुङ साना जलविद्युत् आयोजनाको नहर गत भदौ २१ गते राति भत्किएपछि स्थानीय अध्याँरोमा दशैं मनाउन बाध्य भएका हुन् ।
अविरल वर्षाका कारण पहिरो गएपछि आयोजनाको नहर भत्किएको थियो । नहर मर्मत गरी १ हप्ता विद्युत् सेवा सञ्चालन गरिए पनि फेरि भत्किएको हो ।
बत्ती नहुँदा ठूलो सास्ती भोग्नुपरेको राज बहादुर बोहराले बताए ।...