हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

जेठ १६, सिमकोट । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ ।  बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन । यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ ।  जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ । यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।  हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ । मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जानकारी दिइएको छ । रासस

सम्बन्धित सामग्री

राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन।

सेताम्मे सिमकोट, हिमपातले जनजीवन कष्टकर

हुम्ला । गत १९गते शनिवार बिहानदेखि हुम्ला जिल्लामा ब्यापक हिमपात हुदाँ जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सिमकोट यतिबेला सेताम्मे भएको छ । यस बर्षको चौथो पटक भरारी हिमपात हुँदा उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाको जनजीवन थप प्रभावित भएको छ । नम्खा गाउँपालिकामा ४ फिट हिउँ जमेको छ । त्यसैगरी सदरमुकाम सिमकोटमा ३ फिट हिउँ […] The post सेताम्मे सिमकोट, हिमपातले जनजीवन कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लाको चार पालिकाकेन्द्रमा गाडी पुग्यो

देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हो । ७६ जिल्लाको सदरमुकामसम्म गाडी गुड्न थालेका छन् ।  हुम्लाको सदरमुकाम सिमकोट अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन...

चुनावी नारामा सीमित सिमकोट सडक

सिमकोट, १ मङ्सिर । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक […]

जंगलमा भेटिएको झारलको मासु अनुसन्धान गर्न ल्याइयो डिभिजन वन कार्यालयमा

सिमकोट – तीन दिनअगाडि जंगलमा सिकारीले प्रयोगका लागि ठिक्क पारेको झारलको मासु प्रहरीले अनुसन्धानका लागि सदरमुकाम सिमकोट ल्याएर डिभिजन वन कार्यालयलाई बुझाएको छ। कुन पक्षले झारलको सिकार खेलेर मारेको हो भन्ने पत्ता लगाउन अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ। नाम्खा गाउँपालिका–४ को याल्वाङ याङ्गार गाउँको क्षेत्रमा पर्ने जाइनी राष्ट्रिय वनमा सिकार खेलेर मारी पोलेर काटी प्रयोग […]

हुम्लाको सदरमुकाम सिमकोट ६ महिनामा राष्ट्रिय सडक सञ्जालसँग जोडिने

सिमकोट– आगामी ६ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माण प्रक्रिया अगाडि बढेपछि सदरमुकाम जोडिने बाटो खुलेको हो। पुससम्म हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए। सरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड […]

सिमकोटमा छ महिनामा जोडिन सक्छ सडक सञ्जाल

आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

हुम्ला। जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने जानकारी दिएका हुन्। नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिएको छैन।

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

हुम्ला। जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने जानकारी दिएका हुन्। नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिएको छैन।

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए ।नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन । यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको त