जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो । सुटआउटमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिकलाई जापानी खेलाडीले छक्याउन सकेनन । उनले जापानबाट सुरुका दुई किक जोगाएर आफ्नो टोलीलाई ठूलो फाइदा पुर्याए। […]