सर्वोच्च अदालतले बुधबार ‘विकनी किलर’का रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बाँकी कैद मिनाहा हुनेगरी बन्दी प्रत्यक्षीकरणको आदेश दिएको छ । बाँकी कैद मिनाहाको आदेशसँगै शोभराज बिहीबार रिहा हुने तयारीमा छन् ।बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए आजैका मितिबाट थुनामुक्त गरिदिन आदेश दिएको थियो ।सर्वोच्चको आदेशमा भनिएको थियो, ‘उच्च अदालत र यसै अदालतब