रसुवामा सुख्खा पहिरो : १ जनाको मृत्यु

आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौस

सम्बन्धित सामग्री

गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

गोरखा – सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ। जंगलमा सुख्खा पहिरो आउँदा सुकबहादुर पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो।

सुख्खा पहिरो खसेर एकको मृत्यु

कर्णाली- सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरू अछाम रानीवनबाट कैलालीतर्फ […]

सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो  गएको थियो ।मृत्यु  हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका

बाढी र पहिरोका कारण २ जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र।३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अविरल वर्

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका  लागि  खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्

जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला । जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै रण बहादुर बोहराको […] The post जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश […]

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ बेनीमा बिहीबार साँझ खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पहिरोमा परी मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय टेकमान गर्वुजा रहेका छन्। घाइते हुनेहरूमा ननकी खान र राजु ठाकुर रहेको प्रहरीले जनाएको छ।अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार साँझ करिब पाँच बजे खसेको उक्त पहिरो जिप मर्मत गर्ने ग्यारेजमा खसेको हो।ग्यारे

भारतको हिमाञ्चल प्रदेशमा सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु

बीबीसी।भारतको हिमाञ्चल प्रदेशको किन्नौर जिल्लास्थित बटसेरी–सांगला सडकमा पहाडबाट सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ।पहाडमा बिस्फोट भए जसरी ठूला ढुंगाहरु खसेको प्रत्यक्षदर्शीले बताएका छन्।सुरुमा हल्का धुलो उडेको र पछि ठूला ढुंगाको वर्षा भएझै पहिरो खसेको थियो।ढुंगाहरु सडकमा चलेका र रोकिएका गाडीमा खस्दा ९ जना पर्यटकको मृत्यु भएको जनाइएको छ।हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।