घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो । 

सम्बन्धित सामग्री

पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेट्न पुगे मन्त्री पन्थी

रुपन्देही । गुल्मीको मालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी घटनास्थलमा पुगेका छन् । घटनास्थलको निरीक्षण गर्दै उनले मृतक परिवारका आफन्तलाई भेटेर सरकारको तर्फबाट तत्काल आवश्यक सहयोगको व्यवस्थापनसमेत गरेका छन् । मन्त्री पन्थीले भने, ‘अत्यन्तै दुःखद घटना भयो । प्राकृतिक विपत्तिलाई न्यूनीकरण […]

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

धनगढी । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका-६ मा […]

अपडेट : अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी […]

पाँचथरमा घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पाँचथरमा घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

काठमाडौँ – पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर […]

अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौं : अविरल वर्षाको कारण पहिरोको जाँदा कालीकोट र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।कालीकोटको महावै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृतिको पुरिएर मृत्यु भएको छ। साथै‚ उनकै १५ वर्षीया छोरी घाइते भएकी छिन्।यस्तै, डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काडामा सोमबार राति पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। पहिरो जाँदा पसलभित्र विष्णु च्यापिएको प्रहरीले जनाएको छ। च्यापिएका उनलाई जिल्

पर्वतमा पहिरोले मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)

पर्वत, १९ भदौ । पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृत्यु […]

पर्वत पहिरो अपडेट : ६ जनाको मृत्यु‚ दुई बेपत्ता

काठमाडौं : पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तीनजनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।बिहीबार राति सवा २ बजे माथिबाट आएको पहिरोले घर परिँदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। तीमध्ये विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूकी हजुरआमा हुन्। कौशिल्याकी बुहा

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

२ साउन, पर्वत । गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक …

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।