भारतको हिमाञ्चल प्रदेशमा सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु

बीबीसी।भारतको हिमाञ्चल प्रदेशको किन्नौर जिल्लास्थित बटसेरी–सांगला सडकमा पहाडबाट सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ।पहाडमा बिस्फोट भए जसरी ठूला ढुंगाहरु खसेको प्रत्यक्षदर्शीले बताएका छन्।सुरुमा हल्का धुलो उडेको र पछि ठूला ढुंगाको वर्षा भएझै पहिरो खसेको थियो।ढुंगाहरु सडकमा चलेका र रोकिएका गाडीमा खस्दा ९ जना पर्यटकको मृत्यु भएको जनाइएको छ।हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।