गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको संयोजनमा गुल्मीमा कैदी बन्दीहरुलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा कैदी बन्दीहरुलाई समानुपातिकतर्फ बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवर, रेसुंगा नगरपालिका - २ कि मतदाता शिक्षा स्वयंसेविका लगायतले मंगलवार कारागारमा रहेका ८० जना कैदी बन्दीहरुलाई कसरी मताधिकारको सही सदुपयोग गर्ने, स्वस्तिक छाप कसरी ह...