मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो । निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्द