म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ ।सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो श...

सम्बन्धित सामग्री

गरुडामा झडपः ६ प्रहरीसहित ७ जना घाइते

वीरगंज : रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन्। झडपमा प्रहरीको गोली लागेर गरुडा -५ का गजेन्द्र यादव घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। घाइतेको उपचार नारायणी अस्पतालमा भइरहेको छ। उनको अवस्था गम्भीर छ। मेयरमा उम्मेदवार…

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली प्रहार, कम्तीमा एकजनाको मृत्यु

कोलम्बो । श्रीलंकामा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । इन्धन र अत्यावश्यक खाद्यान्नको मूल्यवृद्धिको विरोधमा मंगलबार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । मध्य श्रीलंकाली सहर रामबुक्कानामा प्रहरीले गोली चलाएको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ । प्रहरीले...

म्यानमारमा एकैदिन सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

काठमाण्डाै - म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो ।  हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा...

कैलाली अपडेट : प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते

कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ। प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीमाथि…

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो । म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो । उहाँले भन्नुभयो, ‘राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।’ राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ । यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए । सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ । यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।(एजेन्सी)

म्यानमार : प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

काठमाण्डाै - म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य 'कू' को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी...

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, कम्तीमा तीन जनाको ज्यान गयो

काठमाण्डौ – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान...

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

बिर्तामोडमा गोली चल्दा एकको मृत्यु, सशस्त्रका एसपी पनि घाइते

झापा । बिर्तामोडमा शुक्रबार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले गोली...