काठमाडौँ- निर्वाचन आयोगले शुक्रबार दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको जानकारी गराएको छ। आयोगले एक विज्ञप्ति जारी गरी ७ सय ५३ वटा स्थानीय तहका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी गराएको हो। आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, […]