जुम्ला – जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो । उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीकाे दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो । राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर व...