पेरुको एक सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको छ । प्रहरीले एक सय ७५ जनाको सकुशल उद्धार गरेको छ ।
खानी कम्पनी यानाक्विहुआले एक विज्ञप्ति निकालेर जमिनबाट एक सय मिटरभित्र भएको आगलागीमा २७ जनाको ज्यान गएको बताएको समाचार संस्था एपीले जनाएको छ । सरकारी अधिकारीले विद्युत शर्ट भएर आगो लागेको अनुमान गरेका छन् । खानी सहरभन्दा धेरै पर रहेकाले आपत्कालीन उद्धारमा कठिन भएको खबरमा उल्लेख छ ।
संसारको सबैभन्दा ठूलो सुन उत्पादकमध्ये एक पेरुले हरेक वर्ष एक सय टनभन्दा बढी सुन उत्पादन गर्दछ ...