पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

काठमाण्डाै - पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो । पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।  

सम्बन्धित सामग्री

कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान ब्राजिल र पेरु भिड्दै

२१ असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे …

ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको सुरुवातमै १० जनामा सीमित भएको ब्राजिल चिलीलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको...

कोपा अमेरिका फुटबल : पेरु क्वाटरफाइनलमा, भेनेजुएला बाहिरियो

१४ असार, काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्रासिलियामा भएको …

कोपा अमेरिकामा आज राती भेनेजुएला र इक्वेडर भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।

कोपामा आज राती कोलम्बिया र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई३–० ले र कोलम्बियाले इक्वेडरलाई१–० ले पराजित गरेको थियो।

रोड्रिगेजले कोपा अमेरिका गुमाउने

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् । चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् । रोड्रिगेजको फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका खेल्ने टिममा राखिएको छैन । एभर्टनका विंगर समेत रहेका रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।