१८ भदौ, काठमाडौं । विभिन्न देशका राजदूत र गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सामेबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कतार, पेरु र क्याम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अन्सारी, पेरुका गैरआवासीय राजदूत जेभियर म्यानुअल पाउलिनिच भेलार्डे र कम्बोडियाका गैरआवासीय राजदूत कोय […]