गोलबजार नगरपालिका प्रमुखमा एमालेका श्रेष्ठ विजयी

काठमाडौं : सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको जिम्मेवारी पाएको छ।  आज विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमाले उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए।त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन्। एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन्। साहले ५,६४३ मत प्राप्त गरिन्।

सम्बन्धित सामग्री

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

गोलबजार– सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं […]

सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

लहान : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन्। श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१…

गोलबजार नगरपालिकामा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय...

गोलबजार-११ का वडाअध्यक्षको हृदयघातका कारण निधन

१८ चैत, जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-११का वडा अध्यक्षको हृदयघातका कारण निधन भएको छ । नगरपालिकाको वडा नम्बर-११ का वडाअध्यक्ष रामदेव यादवको शुक्रबार निधन भएको हो । ५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला […]

सिरहा गोलबजार ११ का वडा अध्यक्षको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा  बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

हत्या आरोपमा पाँच पक्राउ

सिराहास्थित गोलबजार नगरपालिका–६ मा चार दिनअघि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले गोलबजार क्षेत्रका पाँचजनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ डोहोटिया गाउँका करिब २६ वर्षीय रामकुमार सदाको हत्यामा संलग्न...

कोल्टो फेर्दै गोलबजार नगरपालिका

लहान, २४ साउन : सिरहाको गोलबजार नगरपालिकाले छोटो समयमै विकास पूर्वाधारमा फड्को मारेको छ । बढ्दो अतिक्रमण र अव्यवस्थित बजारका कारण विगतमा कुरुप बन्दै गएका नगरक्षेत्रमा यतिबेला परिवर्तनको आभास हुन थालेको छ । नगरपालिकाले सडक पूर्वाधारको विकास, बिस्तारसँगै व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएपछि नगरक्षेत्रको स्वरुप फेरिन लागेको हो । ग्रामीण क्षेत्रलाई शहरसम्म […]

गोलबजार मेयर गोल्डकपका उपाधि एपीएफलाई

सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधि एपीएफले हात पारेको छ ।  गोलबजार नगरपालिका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन्‍न चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ बीच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एपीएफ विजयी भएको हो । विजेता एपीएफले प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफी हात पारेको छ । दोस्रो हुने आयोजक टिमले २ लाख २ हजार २ सय रुपैयाँ र ट्रफी पाएको छ ।फाइनल खेलको सवै ४ गोल  जर्सी नम्वर १८ का खेलाडी रवि तामाङले गरेका थिए । उनले खेलको प्रथम हा

गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट सुरु हुने

सिरहा / सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने छ । शनिबार पत्रकार सम्मेलनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको... The post गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट सुरु हुने appeared first on Purbeli News.

गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट सुरु हुने

सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने छ ।शनिबार पत्रकार सम्मेलनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने, ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता