सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने छ ।शनिबार पत्रकार सम्मेलनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने, ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता