काठमाडौं : दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्धा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य, उपाध्याय, समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाही विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आर्थिक वर्ष २०७६/७७ मा आइसीटी व्यवस्थापनका लागि सामान खरिदका लागि विद्यालयको रकम हिनामिना गर्ने उद्द