पहिरोका कारण लामो समय देखि अवरुद्ध बन्दै गएको बाजुराको साँफे–मार्तडी लोकमार्ग अझै सञ्चालनमा आएको छैन । गत जेठको २३ गतेदेखि आएको अविरल वर्षाले बाजुर्गाडदेखि मार्तडी सम्मको सडक खण्ड अवरुद्ध हुँदै आएको थियो ।
तीन महिनादेखि सो सडक सञ्चालनमा नआउँदा बाजुरावासीले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको छ । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएपछि अहिले काम सुरु भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।