कालीकोट – २०४२ सालमा निर्माण कार्य सुरु गरिएको कालीकोटको कोटबाडा विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । ‘म जन्मेकै साल विमानस्थलको काम सुरु गरेको भन्ने सुनेको हुँ । अहिले म ३६ वर्ष पुगेर ३७ लागेँ, अझै सञ्चालनमा आएको छैन’, नरहरिनाथ गाउँपालिका १ का गणेश विष्टले भन्नुभयो ।
बजेट अभाव र तत्कालीन सशस्त्र द्वन्द्वका कारण भनेअनुसार काम समयमै हुन सकेन । ढिलै भए पनि २०७३ माघ २८ गते परीक्षण उडान भयो । तर त्यसपछि यहाँ कुनै विमान चलेका छैनन् । अहिले विमानस्थलमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ ।
स...