काठमाण्डौ – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा जोड दिँदै आज विश्व पानी दिवस मनाइँदैछ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दै छन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
पञ्चतत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै ठाउँमा जीवन सम्भव भएकाले पानी नै जीवन ह...