रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक&n