रुकुम : रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाका विभिन्न वडामा खानेपानीको अभाव भएको लामो समय भए पनि त्यहाँको स्थानीय सरकारले कुनै पहल गरेको देखिदैन।सानिभेरी गाउँपालिका वडा नं. ३ को अध्याचौर, गैराखाली खाराखाली, चिउरेखाली लगायतका ठाउँमा खानेपानीको समस्या भएको छ। त्यहाँका स्थानीय बासिन्दा खानेपानी ल्याउन २-३ घन्टाको बाटो हिँड्नुपर्ने समस्या छ।खानेपानीको समस्या समाधानका लागि ५ वर्षअघि संघीय सरकारले ५ करोडको बजेट लिफ्टिङ खानेपानी निर्माण आयोजनाका लागि छुट्याए पनि काम भने २० प्रतिशत पनि पूरा भएको छैन।त्यस