नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहयोग परियोजना एमसीसी के गर्ने भनेर जवाफ मागेका छन् । शनिवार काठमाडौँमा गरिएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने प्रस्ट पार्न सार्वजनिक मञ्चबाट दुवै नेतालाई प्रश्न गरेका हुन् । उनले हिजो काँग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता गरेको बताउँदै अहिले एमसीसी बारे मुख नखोलेको उल्ले