एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए । ‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’, नेता रावलको भनाइ छ । साथै बैठकले पार्टी