काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्न आफू कटिबद्ध रहेको बताएका छन्। सोमबार सामाजिक संजालमा एक पोस्ट गर्दै मेयर शाहले सो कुरा बताएका हुन्।
सर्वोच्च अदालतले महानगरलाई तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवास शितलनिवासको फोहोर उठाउन अन्तरिम आदेश दिएको थियो।