म सधैं बाच्दिँन, तर लोकतन्त्र बाँच्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुने दाबी गरेका छन्। ओलीले निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुपरीवेक्षकका साथै सीसी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने बताए। सञ्चारकर्मीसँगको अन्र्तक्रियामा ओलीले भने, ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ। मेरो पार्टीले जितोस् वा हारोस् तर लोकतन्त्रलाई जिताउनुपर्छ। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाँच्नुपर्छ।’

सम्बन्धित सामग्री

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै रा...

प्रधानमन्त्री ओली भन्छन्- लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताएका छन्।आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले ओलीले भने, "गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहित सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू,महिला,बालबालिका,पछाडि परेका र पारिएका समुदायहरुबीच हुने विभेद र बहिस्करणविरुद्धमा रहेका छौं।"

जसले लोकतन्त्र मान्दैनन्, उसैले लोकतन्त्रको प्वाँख जोडे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विरुद्ध भद्दा, नग्न र कुरुपता प्रदर्शन भइरहेको बताएका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १३ बर्षे जेल जीवन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले विरोधी प्रतिक्रियावादीसँग मिलेर नेपालभर फिँजिएको उज्यालो निभाउन खोजिएको बताए । ‘आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको भद्दा, नग्न र कुरुपता, अराजकताको विपक्षीसँग मिलेर विरोधीसँग मिलेर नेपालभरी फिँजिएको उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जता पूर्

मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताएका छन् । ‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।’ एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे।

प्रधानमन्त्री ओली इतिहासकै कलंकित बने : प्रचण्ड

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रविरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र  गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गरे।पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधानविपरीत कार्यशैली देखाउँदै आएका ओल

एक दिनपनि तलमाथि नगरी निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताए । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्र मास्न लागेको आर

प्रधानमन्त्री ओली नयाँ तानाशाह बन्न खोजेः उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।उनले भने– ‘ओलीले कुनै नयाँ काम नगरेको बरु उनी महेन्द्र र ज्ञानेन्द्रको अर्को रुपको पुनरावृत्ति मात्र हो । विगतमा केही राजाले पनि लोकतन्त्र मास्नका लागि यस्त

अब नेपालको लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र अब कसैले खोस्न नसक्ने बताएका छन्। आफू पक्षीय सुदूरपश्चिमका कार्यकताहरुले बबरमहलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दाबी गरेका हुन्।

चुनाव धाँधलीरहित हुन्छ, बत्ती निभाइन्न, मतपत्र च्यातिन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल खेमालाई सडकमा गएर कपडा बिगार्ने काम नगर्न सुझाव दिएका छन् । वैशाखमा हुने चुनावमा केही सिट ल्याउनुस् भन्ने शुभकामना समेत आफ्नो रहेको उनले बताए । ‘चुनावमा केही सिट ल्याउनुस् भन्ने शुभकामना छ, चिसो सडकमा गएर कपडा नबिर्गानुस् । हिजो उहाँहरूले भनेको होइन, लोकतन्त्र आइसक्यो सडकमा गइराख्नुपर्दैन भनेर ?’ आलीले प्रश्न गरे ।  प्रधानमन्त्री ओलीले चुनाव हुने जिकिर गर्दै प्रश्न गरे–&lsquo...