काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको सिर्जनात्मक र रचनात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।
छैठाैं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक सामाजिक रूपान्तरण गरी समृद्ध देश र सुखी नेपाली बनाउने अभियानमा आमसञ्चार माध्यमको सशक्त भूमिका हुने बताउनुभएको हो ।
उहाँले आमसञ्चार माध्यम मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैं दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता, लोकतन्त्र ...