गाउँमा संकलन गरिएको चिराइतो पछिल्लो समय भारतमा बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार क्षेत्र तथा नाकामा पुर्याउन थालिएको छ । सिदिङवा गाउँपालिका–५, साब्लाखुका सविन बानियाँले पनि ओलाङचुङगोला पुर्याएको चिराइतो अब भारत लैजाने भन्दै फर्काएर सदरमुकाम फुङलिङ ल्याएका छन् । चीनको तिब्बतमा बिक्रीका लागि लगिएको भए पनि दुई वर्षदेखि बस्तीमै थन्किएपछि भारतमा बिक्री गर्ने उद्देश्यले फर्काएको उनले बताए । अब मूल्य र समय हेरेर काँकडभिट्टा पुर्याउने उनको तयारी छ ।