सोलुखुम्बुमा चिराइतो निकासी ६० प्रतिशतले बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुबाट चिराइतो निकासी ६० प्रतिशतले बढेकाे छ  । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गएकाे आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी वृद्धि भएको हो । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराइतो निकासी भएको थियो भने गएकाे आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराइतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र सङ्ख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो । जिल्ला...

सम्बन्धित सामग्री

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।...

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ– पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा […]

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती

२३ भदौ, भोजपुर । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिकरुपमा १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताए । यस वर्ष आफ्नो बारीमा […]

चिराइतो बिक्री नभएपछि निरुत्साहित बनेका किसान बजार तङ्ग्रिन थालेपछि उत्साहित

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा बढी उत्पादन हुने चिराइतोको उत्पादन र बिक्री वितरण न्यून भएसँगै निराश बनेका कृषकहरु यस वर्ष बिक्री सुरु भएपछि आशा पलाएको बताउँछन् । ताप्लेजुङका कृषकहरुले यस वर्ष चिराइतो राम्राे बिक्री गरेका छन् । तर, अहिले उत्पादन भने धेरै नै कम रहेको कृषकहरु बताउँछन् । फक्ताङलुङ गाउँपालका ४ ईखावुका कृषक धनबहादुर लाबुङ कोरोनाका कारण चिराइतो बिक्री नभएपछि आफूले खेती नै गर्न छोडेको बताउनुभयो । उहाँले ५ वर्ष अगाडि करिब १५ मन (१ मनमा ४० केजी हुन्छ) सम्म उत्पादन गर्ने गरेकोमा अहि...

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए। चिराइतोबाट मनग्य आम्दानी पनि लिए तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके। राईले सात वर्षअघि एकै याममा ७५ मन ९४० केजीको एक मन० सम्म चिराइतो उत्पादन गर्थे। राईले गरेको चिराइतो खेतीबाट […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्षअघि एकै याममा ७५ मन (४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्नुहुन्थो । राईले गरेको […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो प्रशोधन केन्द्र अलपत्र

ओखलढुंगा – कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त साझेदारीमा सञ्चालित ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’ अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ। चार वर्षअघि चार रोपनी क्षेत्रफलमा भवनसहितका संरचना बनाइए पनि अहिलेसम्म केन्द्र सञ्चालनमा आउन सकेको छैन। कृषि विकास मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चिराइतो ड्राइङ […]

ओझेलमा चिराइतो

वास्तवमा नेपाल पनि वनस्पति जगत्मा धनी देशहरूमध्येमा पर्छ । हुन पनि हाम्रो देश नेपाल वनस्पति जगत्मा मात्रै होइन, अन्य प्राकृतिक साधनस्रोतहरूमा पनि धेरै धनी देशका रूपमा रहेको छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर, हामीले अहिलेसम्म पनि नेपालका अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतिहरूलाई […]