कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि बिक्रि खुला

 कर्पोरेट डेभलपमेन्ट बैंकले आज माघ ७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ। कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।कम्पनीको हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । बोर्डले पुस १ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले यस अघि हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । थपिएको अवधि अनुसार हकप्रदमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थपियो

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने म्याद थप भएको छ ।  कम्पनीले यस अघि हकप्रदमा आज माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

थप २ वटा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ  । बोर्डले आज पुस १ गते छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  र कर्पोरेट डेभलपमेन्ट बैंक Corporate Development Bank Limited लाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  । छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  ।त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डले मङ्सिर २९ गते समृद्धि फाइनान्सलाई ५० प्रतिशतको दरले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको थियो ।