थप २ वटा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ  । बोर्डले आज पुस १ गते छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  र कर्पोरेट डेभलपमेन्ट बैंक Corporate Development Bank Limited लाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  । छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  ।त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डले मङ्सिर २९ गते समृद्धि फाइनान्सलाई ५० प्रतिशतको दरले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको थियो । 

सम्बन्धित सामग्री

अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल […]

अरुण काबेलीले सेयर निष्कासनको माग्यो अनुमति

अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले हाल कायम एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच रुपैयाँ चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । यसअघि १० भदौमा अरुण काबेलीलाई विद्युत नियमन आयोगले पनि सयप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको

थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।   कम्पनीले  आर्थिक वर्ष ७७/७८ को साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?

काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर खुल्ला गर्ने अनुमति पाएसँगै बुकक्लोज मिति तोकेको हो । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब […]

हकप्रद बिक्री गर्न अपि पावर कम्पनीले पायो अनुमति

काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]

दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डले दुईवटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मेवारी दिएपछि हकप्रद सेयर दुईवटा कम्पनीले निष्कासनको अनुमति पाएका हुन् ।बोर्डले शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिखर इन्स्योरेन्सले १० : ३ को अनुपातमा र आईएमई जनरलले १० :४ को अनुपातमा सेयर निष्कासनको अनुमति पाएको छ ।बोर्डले विगत पाँच महिनादेखि साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिएको थिएन

अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंस

अपी पावरलाई हकप्रद जारी गर्न अनुमति

अपी पावर कम्पनीले हकप्रदन निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड कम्पनीलाई वैशाख १९ गते कम्पनीलाई १ः०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।कम्पनीले २०७७ फागुन ९ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकत्ता १०० रुपैयाँ अकित मुल्यमा हाल कायम चुक्ता पुँजीको […]

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो । हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ […]