चालू आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्रै बाँकी हुँदा प्रदेश १ को पूँजीगत खर्चको अवस्था ६३ प्रतिशत पुगेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार असार १७ गतेसम्मको खर्चको अवस्था भने ७० प्रतिशत पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको संशोधित बजेट (सशर्त थप भएपछि) ३४ अर्ब ७३ करोड १९ लाख ९ हजार थियो । चालूतर्फ बजेट १६ अर्ब ६३ करोड ८ लाख १ हजार थियो भने असार १७ गतेसम्ममा खर्च ११ अर्ब १ करोड २४ लाख ६१ हजार (७० प्रतिशत) भएको हो । यस्तै पूँजीगत तर्फ १ अर्ब ६ करोड ३० लाख ८५ हजा