सिन्धुलीका विद्यालय र स्वास्थ्य सेवा केन्द्र निर्माण सुरु

२०७२ सालको भूकम्पमा सिन्धुली जिल्लामा क्षतिग्रस्त तीन विद्यालय र चार स्वास्थ्य सेवा भवनहरूको निर्माण सुरु गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले एक समारोहका बीच भूमि पूजनको आयोजना गरेको छ । यी नयाँ विद्यालय (दीर्घ प्रदीप माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालय) तथा स्वास्थ्य केन्द्रहरू (कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकी, बेलघारी प्राथमिक स्वास्थ्य केन्द्र र महेन्द्रझ्यादी प्राथमिक स्वास्थ्य केन्द्र) राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध स्थानीय सरकारी अधिकारीहरूसँगको साझेदारीमा युएसएआइडीको नेपाल पुनर्निर्माण इन्जिनियरिङ सहायता क्रियाकलापमार्फत् अमेरिकी जनताको सहयोगबाट पुनर्निर्मित हुनेछन् ।

सम्बन्धित सामग्री

जिमुहाँ आधारभुत स्वास्थ्य केन्द्रको सेवा आफ्नै भवनबाट सुरु

स्याङ्जा । जिमुहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनबाट सेवा सुरु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । जिमुहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको नगरप्रमुख गुरुप्रसाद भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले नगरबासीलाई हुने गरी सहज […]