मकवानपुर, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गरे । प्रचण्डले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले आगामी […]