काँग्रेस अधिवेशन : गण्डकी प्रदेश सभापतिमा आकांक्षी बढ्दै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेशमा ११ जिल्ला

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : संविधान सभाका पूर्व सदस्यसहितका नेता पराजित

धनगढी । गुटको राजनीतिबाट अछुतो हुन नसकेको नेपाली काँग्रेसमा सो पार्टीका जिल्लामा नाम चलेका केही नेता पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशनमा पौडेल पक्षका मानिएका नेताहरु पराजित भएका छन् । यो जिल्लामा १३० जना महाधिवेशन प्रतिनिधि चयन हुँदा पौडेल पक्षका जम्मा १० जनामात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित […] The post काँग्रेस अधिवेशन : संविधान सभाका पूर्व सदस्यसहितका नेता पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कैलालीमा काँग्रेस अधिवेशन स्थगन

नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगन गरिने भएको छ । मङ्सिर १० गते गर्ने भनिएको जिल्ला अधिवेशन पार्टीको आन्तरिक तयारी हुन नसकेकाले स्थगन गरिने प्रचारप्रसार समिति संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए । यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमै गर्ने तयारीका कारण  पनि जिल्ला अधिवेशन स्थगन गरिएको उनले बताए । मूल आयोजक समितिले नै प्रदेश अधिवेशनका लागि कैलाली जिल्लालाई जिम्मा दिएका कारण समस्या भएको उनले बताए । जिल्लाको सभापतिले ५१ प्रत

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हु

यी १० जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

पाली काँग्रेसको १० वटा हिमाली जिल्लाले अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबारसम्म २१ हिमाली जिल्लामध्ये १० वटाले निर्वाचन गरेर नयाँ नेतृत्व चयन गरेको छ। नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले २१ मध्ये १० वटाले हिमाली   जिल्लाले   नेतृत्व   र   महाधिवेशन प्रतिनिधि चयन गरिसकेको जानकारी दिए । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बाँकी रहेको ११ जिल्लाको अधिवेशनको टुङ्गो लागि नसकेको बताए ।  एक मात्र निर्वाचन  क्षे...

काँग्रेस अधिवेशन अन्तर्गत हुम्लामा कसरी भयो विवाद ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पार्टीको जिल्ला नेतृत्व छनोट विवादित भएको छ । संस्थापन पक्षले हुम्ला सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत रुपमा चयन भएको बताउँदै आएको छ । तर इतर पक्षले भने सिंहलाई सभापति चयन गरिएको संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै आएको छ ।विवाद बढ्दै जाँदा हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति गठन भएका छन् । संस्थापन पक्षले सर्वसम्मत रुपमा गठन भएको भनिएको कार्यसमितिलाई चुनौती दिँदै रामचन्द्र पौडेल पक्षले छुट्टै कार्यसमिति घोषणा गरेको

कालिकोटमा काँग्रेस अधिवेशन : पाँच पालिकामा को–को बने सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका  नेताहरु लागिपरेका छन्।काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य,  नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा  धीरा बम (महिला), तिलागुफा नगरपालिकामा  धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत च

काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३

मोरङमा काँग्रेस अधिवेशन सारियो

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ । वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।    उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा  १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए । जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान स

काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने

नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ ।  काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो ।