अर्थतन्त्र सकसमा, निर्देशन दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै उनले निर्यात प्रवद्र्धन गर्ने, विद्युत खपत बढाउने लगायतका कामहरु योजना बनाएर अघि बढाउन निर्देशन दिएका हुन् […]

सम्बन्धित सामग्री

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई […]

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उहाँले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो ।  उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ । अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ ।’  त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौं । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौं । मचाहिँ केही नयाँ गरौं भन्नेमा दृढ छु ।’ छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उहाँले भन्नुभयो, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ । सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखुन् । उनीहरूमा सकारात्मक आशा जागोस् । जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ ।’  सो क्रममा राजस्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजस्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पूँजीगत खर्चको सामर्थ्य बढाउन विशेष रूपले अग्रसर हुनुस् । पूँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस् । राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस् ।’  आयोजनाको प्राथमिकीकरणको काम व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशित गर्नुभयो । उहाँले भन्नुभयो, ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिउँ। जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिउँ। जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिउँ। बजेट मात्रै थुपार्ने तर कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौं। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सृजनामा केन्द्रित गरौं ।’ बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दबाबमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताए । बैठकमा अर्थमन्त्री पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू उपस्थित थिए । रासस

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन ७ गतेभित्र सार्वजननिक गर्ने निर्णय गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले रेमिट्यान्सले मात्रै देशको अर्थतन्त्रमा सुधार नहुने जनाएको छ। पाकिस्तानमा इन्धनको मूल्य बढ्दा अर्थतन्त्र संकटमा परेको भन्दै तत्काल ठूला मल र बजारहरु बन्द गर्न निर्देशन दिइएको छ।

कर्मचारीमाथि खनिएका प्रचण्डले ३० बुँदामा के - के दिए निर्देशन? यस्तो छ पूर्णपाठ

काठमाडौं : प्रधानमन्त्री भएको ९ औं दिनमा पुष्पकमल दाहाल प्रचण्ड सरकारी कर्मचारीमाथि खनिएका छन्। सार्वजनिक सेवामा कर्मचारीको काम हचुवा तालमा भइरहेको भन्दै प्रचण्ड कर्मचारीमाथि खनिएका हुन्। सोमवार र मंगलवार मन्त्रालयका सचिवसँग प्रचण्डले छलफल गरे। मंगलवार नै ३० बुँदामा प्रचण्डले निर्देशन पनि दिएका छन्। जसमा सरकारी सेवा लिन लाइन लाग्नुपरेको, खराब अर्थतन्त्र लगायतका…

प्राथमिकतामा मितव्ययिता र भ्रष्टाचार नियन्त्रण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री तथा सचिवहरूलाई अर्थतन्त्र सकसमा रहेका कारण मितव्ययी हुन निर्देशन दिएका छन् । कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधनको सुविधा र इन्धन नदिन उनले निर्देशन दिए । मुलुकमा ३ खर्बभन्दा बढीको इन्धन आयात हुन थालेको तथा सरकारले निर्यात गरेर कमाएको २ खर्ब हाराहारीले इन्धनको पैसा तिर्न पनि नपुग्ने भएका […]

अर्थतन्त्र सुधारको योजना बनाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिनुभएको छ । मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उहाँले निर्देशन दिनुभयो । अर्थ मन्त्रालयको समे

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई ध्यान दिएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको छ। ६ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरेका थिए। […]

समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि नीति बनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरे अनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दि...