शिवलिङ्ग मण्डपमा १०८ शिवलिङ्गका मूर्ति प्रतिस्थापन

गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डपमा १०८  शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ । महाशिवरात्रि पर्वका अवसरमा विधिवत् पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको हो । सिद्धेश्वर शिवालय मन्दिर सेवा समितिका अनुसार मण्डपमा शिवलिङ्गसँगै द्वादश रुद्रका १२, एकादश रुद्रका ११ र...

सम्बन्धित सामग्री

पद्मप्रकाशेश्वर मन्दिरमा मूर्ति फिर्ता

एक सय वर्षअघिदेखि टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता भएको छ । अष्टधातुबाट निर्मित तीन आँखा छ हात भएको षोडशी माताको मूर्ति फिर्ता आएको हो । स्कन्ध पुराणमा गरिएको वर्णन अनुसार शिवलिङ्ग र षोडशी माताको मूर्तिका कारण प्रख्यात पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता गरिएको हो ।

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दीनदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार रु ७३ लाख बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा रु एक लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको रु ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी रु ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष रु १० लाख, सामाजिक विकास कार्यालयबाट रु १० लाख, पूर्वाधार विकास कार्यालयबाट रु २० लाख, राइनास नगरपालिकाबाट रु एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म रु १४ लाख उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि रु ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म रु चार लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मर्स्याङ्दीनदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मर्स्याङ्दीनदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बने...

नेपालबाट हराएका छैटौँ शताब्दीदेखिका पाँचवटा मूर्ति अमेरिकाले फर्कायो

काठमाडौं : नेपालबाट हराएका पाँचवटा ऐतिहासिक मूर्तिहरू अमेरिकाले फिर्ता गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उक्त मूर्तिहरू प्रदान गरेको हो।फिर्ता गरिएका मूर्तिमा छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मूर्ति साथै दशौँ शताब्दीको उमामहेश्वरकाे मूर्ति रहेकाे छ।ती मूर्तिहरू अमेरिकास्थित डेन्वर म्युजिएम र सिकागो म्युजिएमबाट नेपाल ल्याइएको हो।अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी

अमेरिकाबाट फिर्ता ल्याइयो पुरातात्विक मूर्तिहरु

काठमाडौं । अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका विभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता ल्याइएको छ । कोलोराडोस्थित डेनभर म्युजियममा रहेको प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, डेनभर म्युजियममा रहेको उमामहेश्वरको मूर्ति लगायत नेपाल सरकारलाई हस्तान्तरण भएको पुरातत्व विभागले जनाएको छ । करिब ६० वर्षअघि पाटनको गाःहिटी (कुम्भेश्वर परिसर) बाट हराएको उमामहेश्वरको मूर्ति डेनभर म्युजियममा रहेको बारे कला÷सम्पदाको […]

पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तब्य पुम्दीकोटमा पर्यटकको चहलपहल बढ्दै

मंसिर १९, कास्की । पोखरामा पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।  समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेश शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।  ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकको प्रबर्द्धन गर्नका लागि ५२ फिट अग्लो शिवमुर्ति सहितका अन्य संरचना निर्माण गरिएको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा विशाल महादेव शिवको मुर्ति निर्माको काम अन्तिम चरणमा पुगेको छ ।  उत्तरतर्फ आकासलाई क्षितिज बनाए चाँदीका घेरा जस्तै सामुन्ने टल्किएका हिम श्रृंखलासँगै अंकमाल गरेको सराङ्कोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ पर्यटक पुग्न थालेका छन् । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको यस पुम्दीकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत शुरु भइसकेको छ ।  पर्वत फलेवास घर भई हाल पोखरा–५ मालेपाटन बस्ने पदम शर्मा फुर्सदको समयमा मूर्ति निर्माणस्थल पुम्दीकोटमा पुग्ने गरेको बताउँछन् । ‘फुर्सदको समयमा परिवारसहित रमाइलोका लागि यहाँ आउने गरेको छु, त्यहाँ आएपछि सारा थकान मेटिएको अनुभूति हुन्छ,’ उनले भने,’ ‘मन चंगाभए पछि छुट्टै रमाइलोको प्रत्याभूति हुन्छ, मुस्कुराएका हिम श्रीङ्खलासँगै पोखरा बजार लगायतका अन्य ठाउँ हेर्न पाइने भएकाले कामको तनाबलाई समेत बिर्साइ दिन्छ ।’ पर्यटकीय सम्भावना बोकेको भएरपनि आवस्यक भौतिक संरचना निर्माण र पर्यटन प्रबर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।  आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयमा पर्यटकको आकर्षक केन्द्र बन्ने आशा पलाएको छ । पोखरा भन्दा उच्च भागमा रहेको यस ठाउँलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ ।  गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना मुर्ति निर्माण स्थलको ९५ प्रतिशत काम सकिएको महादेव मुर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा निर्माण गरिएको पूर्वाधार निर्माणमा हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।  त्यस ठाउँमा मुर्तिका लागि स्थानियहरुले महायज्ञ लगाएर ८ करोड रुपैयाँ संकलन गरेका थिए । भारतीय कालिगडले मथुरामा बनाएको करीब ६ टन तौल बराबरको मुर्ति जडानसँगै यसलाइ आकर्षक बनाउनका लागि अहिले दैनिकरुपमा २० जना कामदार खटिएका छन् ।  गत वर्ष झण्डै एकमहीना लगाएर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मुर्ति जडान गरिएको थियो ।  विशाल महादेवको मुर्ति, भुमेश्वर महादेवको मुर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन् ।  २१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिवलिङ्ग बनाएर मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरि निर्माण गरिएको छ । मुर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुने छ। त्यसभन्दा भित्रको साइडबाट अपाङ्ग तथा बृद्धबृद्धामैत्री बाटो समेत निर्माण गरिने छ ।  स्थानीय उत्पादनको विक्री गर्नका लागि सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धाराहरु सहित बालबालिका भुल्नको लागि खेल्ने थप संरचना बनाइने छ ।  त्यसैगरी अन्य संरचनामा स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण हुनेछन् । मुर्ति निर्माण समितिले प्रवेश स्थल अगाडीको स्थानमा पार्किङस्थल बनाउने योजना समेत बनाएको छ ।  मुर्ति निर्माणसहितका भौतिक संरचना निर्माण भएपछि पुम्दीकोटको पर्यटन विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।  पोखराबाट नजिकै भएपनि आवस्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमश पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको स्थानीय गुरुदत्त बरालले बताए ।  उनले मुर्ति निर्माणसँगै आन्तरिक पर्यटक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल, रेष्टुरेण्ट लगायतका अन्य व्यापार व्यावसाय समेत बढेको बताए । ‘मुर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि खोलीएका ब्यवसाय फष्टाएका छन््,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यावसाय गर्न चाहने हरुको संख्या समेत बढिरहेको छ ।’ मुर्ति निर्माण भएपछि पर्यटको चहलपहल बढेपछि व्यावसाय र रोजगारीका लागि गाउँ छाडेर सहर पसेका युवाहरु गाउँमा फर्किएका व्यापार व्यावसाय शुरु गरेको बरालले बताए । मुर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो । त्यसैगरी स्थानीयहरुले २० रोपनी जग्गादान गरेका थिए । मुर्तिसहित संरचना निर्माणका लागि लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिम श्रृखलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरुको समेत अवलोकन गर्न सकिन्छ ।