बन्धन नै बन्धनमा गठन भएकाले देउवा सरकारको नाम गठबन्धन भएको हुनुपर्छ किनकि जे कुरामा पनि प्रधानमन्त्रीका अगाडि बन्धन नै बन्धन छन् ।मन्त्रिपरिषद् विस्तारदेखि संसद्को अवरोधसम्मको गाँठो फुकाउन नसकेर सरकार आफैँ बन्धनमा परेको परेकै छ । गठबन्धनका नेताहरु देशलाई योगदान गर्ने मान्छेहरु खोज्नतिर लागेका छन् । जसले देशको लागि योगदान गरे, उनीहरुलाई पदक दिनुपर्ने भयो, विभूषित गर्नुपर्ने भयो । सत्ता वरपर यतिका मान्छे छन्, सबै योगदान गरेर बल्लबल्ल यहाँ पुगेका, खुरुक्क सबैलाई पदक दिए त भइहाल्थ्यो नि, किन खोज्नु पर्यो अरु ! देश बनाउन भनेर ...