गठबन्धनमा बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गरिँदै

काठमाडौं। बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गर्न गठबन्धनमा बैठक बस्दै छ। नेपाल लाइफ इन्स्योरेन्सले नयाँ मोवाइल एप सार्वजनिक गरेको छ। भारतले नेपालको लागि पेट्रोलको मूल्य १ रुपैयाँ ७४ पैसा बढाएको छ। जयरानी थारुले सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छन्। चैतमा एसईई र वैशाखमा कक्षा १२ को परिक्षा हुने भएको छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै, ‘बागी’लाई कारबाहीको तयारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनकोे बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठकमा कारबाहीबारे छलफल हुने एक दुई दिनभित्रै कारबाही गरिने एक नेताले...

बागी उम्मेदवारकाे बारेमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बागी उम्मेदवारकाे विषयमा छलफल गर्नका लागि साेमबार बस्ने भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेमबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका एक नेताले ईमेज खबरलाई बताए । गठबन्धनमा रहेका शीर्ष नेताहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारबाही गर्ने भएका छन् । […]

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न गठबन्धन बैठक आह्वान

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । ‘वागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ।’मंसिर ४ मा हुने प्रति