काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष ६ अर्ब ७१ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ६ अर्ब २६ करोडमा झरेको बैंकले जनाएको छ । त्यस्तै शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ८७ करोडबाट १ अर्ब ५१ करोडमा झरेको बैंकले जनाएको छ । यसैगरी, सेयर