विकास बैंकहरू मध्येको शीर्ष स्थानमा रहन सफल मुक्तिनाथ विकास बैंकको नाफामा ब्रेक लागेको छ । बैंकको चालु आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्मको नाफा अघिल्लो वर्षको सोही अवधिको भन्दा २.१४ प्रतिशतले घटेको हो । बैंकले जारी गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार सो अवधिमा बैंकले कुल ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा घटेसँगै यता बैंकको वितरण योग्य नाफामा समेत संकुचन आएको छ । रिपोर्ट