भारतको पश्चिम बंगालको बर्दवान मेडिकल कलेज अस्पतालको कोभिड वार्डमा आगलागी हुँदा एक बिरामीको मृत्यु भएको छ। मृतक कोभिड १९ उपचाररत महिला रहेको जनाइएको छ। अस्पतालका अनुसार आगलागी बिहान साढे ४ बजे शुरु भएको थियो। आगलागी देख्नेबित्तिकै एक बिरामीले अरु बिरामीलाई उठाएका थिए। शुरुमा आगो अस्पतालका कर्मचारीले नै नियन्त्रणमा लिन खोजेका थिए तर पछि अग्निनियन्त्रकको सहयोगमा […]