इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेको छ । विधेयकअनुसार अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । ‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसदका २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रव